Rule 17
प्रतिवेदन पेश गर्ने
(१) बजार संरक्षण अधिकृत वा उपसमितिले यस नियमावली बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासी गरेको सात दिनभित्र निरीक्षण, जाँचबुझ वा खानतलासी सम्बन्धी प्रतिवेदन बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदन प्राप्त भएपछि बोर्डले तत्सम्बन्धमा आवश्यक कारबाही गर्न बजार संरक्षण अधिकृत वा उपसमितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र बजार संरक्षण अधिकृत वा उपसमितिले बोर्डको निर्देशन बमोजिम कारबाही गर्नु पर्नेछ ।